समाज

स्वीस सरकारद्वारा बाढीपीडितलाई राहत प्रदान

गत असोज ११ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले प्रभावित परिवारलाई स्वीस सरकारले राहत वितरण गरेको छ।

सामान्य सहयोग बाहेक विशेष सहयोग नभएको स्थितीमा स्थानिय सरकारले दातृ निकायहरूसँग समन्वय गर्दै स्वीस सरकारले आवश्यक राहत वितरण गरेको हो।

बाढीपहिरो प्रभावित क्षेत्रहरूमा तत्काल राहत पुर्‍याउनुपर्ने आवश्यकता देखिएकाले स्वीस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोगमा हेल्भेटास नेपालले काभ्रेको पनौती नगरपालिकामा ५ सय घरधुरीलाई आवश्यक खाद्य सामग्री, भाँडाकुडा, व्यक्तिगत सरसफाइ सामग्रीहरू जस्तै साबुन, स्यानिटरी प्याड, ब्रस, पेस्ट, साथै ओढ्ने–ओछ्याउने लगायतको सामग्री वितरण गरेको हो।

त्यस्तै, कोशी प्रदेशमा इलामको फिदिम नगरपालिकामा ९५ घर धुरीलाई खाद्य सामग्री, व्यक्तिगत सरसफाइ सामग्री, प्राथमिक उपचार किट, र ३९० थान त्रिपाल वितरण गरिएको छ। सोही प्रदेशको फालेलुङ गाउँपालिकामा २९३ घरधुरीलाई खाद्य सामग्री, र ४० घर धुरीलाईभाँडाकुँडा तथा सरसफाइ सामग्रीका साथै ५८६ थान त्रिपाल वितरण गरिएको छ।

हालसम्म उपलब्ध गराइएको राहत सामग्रीको कुल लागत लगभग १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ।

प्रभावित क्षेत्रका स्थानीय सरकारहरूसँग समन्वय गर्दै क्षतिको प्रारम्भिक मूल्याङ्कन पूरा गरेपछि तुरुन्तै राहत वितरणको प्रक्रिया सुरु गरेको हो।

हेल्भेटासले विशेषगरी आफ्ना कार्य क्षेत्रका पहिरो र बाढीबाट अत्यधिक प्रभावित क्षेत्रहरूमा प्राथमिकताका साथ राहत पु¥याइरहेको छ।

प्रकाशित: २२ आश्विन २०८१ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App