समाज

नारायणहिटी दरवारमार्गमा सवारीसाधन आवागमनमा रोक

काठमाडौंको दरवारमार्गमा २ दिनका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ।

नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा भोलि आयोजना हुने नेशनल डे कन्सर्टका लागि स्टेज निर्माणको काम भइरहेकाले सवारीसाधन आवागमनमा रोक लगाइएको हो।

महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौँका अनुसार दरवारमार्ग क्षेत्रमा गयराति ८ बजेदेखि भोलि राति ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।

प्रकाशित: २ आश्विन २०८१ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App