समाज

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रहरीका अनुसार घटनास्थलबाट थप चार वटा शव निकालिएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो।

यसअघि १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो। दुर्घटनास्थलबाट ४१ जनाको उद्धार भएको छ। अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका १६ जनालाई हेलिकप्टर मार्फत  उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको आबुखैरेनीमा रहेको अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसो मर्स्याङ्दी नदीमा खसेको उक्त बसमा ४३ जना सवार थिए। 

प्रकाशित: ७ भाद्र २०८१ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App