समाज

घाँसीकुवाको पहिरो हटाउन सुरु, दिनभर समय लाग्ने हुँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँ घाँसीकुवाको पहिरो हटाउन सुरु गरिएको छ।

बिहानबाट पहिरो हटाउन सुरु भएपनि आज दिनभर जसो नै समय लाग्ने प्रहरीले बताएको छ।

बुधवार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको भन्दै सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएको बताए।

यसैबीच, प्रहरीले पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज एक सूचना निकाल्दै साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनेको छ।

यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिन्छ।

ठूला सवारी साधनहरूलाई भने डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ–जाउ गर्न भनिएको छ।

प्रकाशित: ६ भाद्र २०८१ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App