समाज

समुदायमा आधारित बनाउन सके मात्रै वनको संरक्षण हुन्छ: रक्षा मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले समुदायमा आधारित बनाए मात्रै वनहरूको संरक्षण हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले सामुदायिक वनमा आधारित भएर वन जङ्गलको संरक्षण हुने जिकिर गरे।

उनले सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अवलम्बन गर्न जरुरी रहेको बताए । उनले समुदाय जस्तै वन जङ्गलको पनि संरक्षण र संवर्द्धनमा जोड दिनुपर्ने बताए। 

उनले घाँस, दाउरा र काठको उपयोगका लागि मात्रै नभई जनजीवनमा पर्ने प्रभावलाई हेरेर वन जङ्गलको संरक्षण गर्नुपर्ने बताए । मन्त्री राईले वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुने बताए । 

उनले भने,‘वनहरू समुदायमा आधारित बनाउँदा मात्रै वनहरूको संरक्षण हुन्छ । सामुदायिक वनमा आधारित भएर मात्रै अहिलेसम्म हामीले गरेका क्रियाकलापहरूमा मेरो केही टिप्पणी छन्, सुझावहरू छन् । हाम्रा सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अब अवलम्बन गर्न जरुरी छ । हामीले यसो नगरे धेरै नै नोक्सान हुनेछ । पशुजन्य जीवजन्तुहरू मानिसको खेती बालीमा आउनेछन् । अब हाम्रो समुदाय जस्तो छ, हाम्रो प्रकृति पनि त्यस्तै छ । तर जस्ताको त्यस्तै राख्नुपर्छ । हामीले यस्ता कुराहरू जस्ताको त्यस्तै संरक्षण गरेर अघि बढ्नुपर्छ । हामी घाँस दाउराको व्यवस्थापनका लागि मात्रै होइन,काठका लागि मात्रै होइन, प्राकृतिक फलफूल पनि सँगै संरक्षण गरेर जानुपर्छ । यसले नै प्रकृतिमय वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुन्छ ।’

रक्षा मन्त्री राईले वनजंगलमा रहेका अहिलेका बोटबिरुवाको संरक्षण मात्रै गर्न सके पनि पर्याप्त हुने बताए। 

प्रकाशित: २५ श्रावण २०८१ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App