समाज

सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरू लाभान्वित छन्: वन मन्त्री ठकुरी

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित सामुदायिक वन दिवस २०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरूप ४ दशक पहिला कार्यक्रम सुरु भएको बताए ।

उनले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरूले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए । उनले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरू, सफलताहरू विश्वमा नै उदाहरणीय रहेको जिकिर गरे।

उनले सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्त्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गरे । कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैङ्गिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको बताए । 

उनले भने, ‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरूप ४ दशक पहिला सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्त्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरूले करिब ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् । करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएका छन् । नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरू, सफलताहरू विश्वमा नै उदाहरणीय छन् । सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्त्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको छ । यस कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैङ्गिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको छ । यो उपलब्धि र सफलता हामी सबैको सामूहिक प्रयासबाट मात्र सम्भव भएको हो ।’

वन मन्त्री ठकुरीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समुदायको वन पैदावारको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: २५ श्रावण २०८१ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App