समाज

मनकामना केबुलकार ५० दिन बन्द हुने

मनकामना केबलकार सोमबारदेखि ५० दिनका लागि बन्द भएको छ। नियमित मर्मतसम्भारका लागि ५० दिन बन्द गर्न लागेको मनकामना केबलकार प्रालिले जनाएको छ।

२६ वर्षअघि जडित प्रविधि प्रतिस्थापन गरेर आधुनिक प्रविधि जडान गरी स्तरोन्नति गर्न लागेको सोमबार सूचना निकालेर​ केबलकारले जनाएको छ।

केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्यका लागि असार ३१ गते देखि भदौ २० गतेसम्म केबलकार बन्द हुने बताएको छ।

प्रकाशित: ३१ असार २०८१ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App