समाज

ताप्लेजुङको मैवाखोलाले ल्यायो ४५ करोड १९ लाखको बजेट

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनमार्फत गाउँपालिकाले उक्त बजेट सार्वजनिक गरेको हो।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षका लागि सात करोड ६५ लाख ३१ हजार ३२ रुपैयाँ बढी बजेट ल्याएको छ। अधिवेशनमार्फत गाउँपालिकाले सार्वजनिक गरेको कुल बजेटमध्ये चालूतर्फ २६ करोड ५० लाख ९८ हजार २३२ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ४५ हजार ८ सय रुपैयाँ रहेको छ।

आगामी आवका लागि गाउँपालिकाले ल्याएको बजेटको स्रोतमा सङ्घीय सशर्त अनुदानततर्फ १६ करोड ६० लाख ७२ हजार, वित्तीय समानीकरणतर्फ नौ करोड ३३ लाख, राजस्व बाँडफाडतर्फ छ करोड ९६ लाख र विशेष अनुदानको एक करोड ८० लाख रुपैयाँ रहेको छ।

यस्तै प्रदेश वित्तीय समानीकरणतर्फ ५५ लाख ४९ हजार, सशर्त अनुदानतर्फ ४७ लाख २२, राजस्व बाँडफाडको २२ लाख र समपुरक अनुदानतर्फ एक करोड रुपयाँ बजेट रहेको छ।

गाउँपालिकाको बजेटअन्तर्गत नै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एचपिएफ र जिडब्लुटीमार्फत तीन करोड ७१ लाख १२ हजार ३ सय ३२ रुपैयाँ रहेको छ। बाँकी बजेट आन्तरिक आय र आन्तरिक मौज्दातको बजेट रहेको छ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटबाट सामाजिक विकासअन्तर्गत शिक्षामा दुई करोड चार लाख ७९ हजार ७ सय ९० रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै स्वास्थ्य तथा पोषणमा ७४ लाख ४७ हजार ७ सय रुपयाँ, खानेपानी सरसफाइमा तीन करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ विनियोजन भएको छ। खेलकुदतर्फ ७५ लाख रुपैयाँ, लक्षित वर्ग तथा सामाजिक समावेशीकरणमा ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ, भाषा कला, साहित्य संस्कृति संरक्षणमा दुई लाख र आयुर्वेदतर्फ पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ।

आर्थिक विकासअन्तर्गत कृषि विकासमा ८७ लाख ९९ हजार, पशुपन्छी विकास कार्यक्रममा २२ लाख ५० हजार, सहरी विकासमा चार लाख रुपैयाँ विनियोजन गरिएको छ।

उद्योग व्यवसाय उद्यम विकासमा ४९ लाख, पर्यटन विकासमा ३४ लाख, अध्यक्ष रोजगार कार्यक्रममा ६० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको छ। पूर्वाधार विकासअन्तर्गत सडक तथा पुलपुलेसामा दुई करोठ ५७ लाख ५ हजार विनियोजन भएको छ।

भवन तथा बस्ती विकास योजनामा आठ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सूचना, सञ्चार र प्रविधिमा २० लाख रुपैयाँ, वन तथा जैविक विविधतामा तीन लाख २१ हजार ९ सय रुपैयाँ, भू–तथा जलाधार व्यवस्थापनमा एकलाख ५० हजार विनियोजन भएको छ।

वातावरण स्वच्छता तथा फोहोरमैला व्यवस्थापन योजनामा छ लाख रुपैयाँ, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजनामा १८ लाख रुपैयाँ बजेट रहेको छ। सुशासन तथा संस्थागत विकास योजनातर्फ सात करोड १० लाख ३८ हजार रुपयाँ विनियोजन भएको छ। 

सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा प्रवक्ता एवम् वडा १ वडाध्यक्ष चन्द्रकुमार तामाङले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अधिवेशनमा प्रस्तुत गरेका थिए।

गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ र प्रवक्ता र तामाङले प्रस्तुत गरेको विनियोजन विधेयक गाउँसभाले पारित गरेको छ। 

प्रकाशित: १० असार २०८१ १०:२४ सोमबार

#Budget #Taplejung #Maiwakhola