समाज

पहिरोले ट्रयाक्टर बगाउँदा सहचालकको मृत्यु

पहिरोमा पुरिएर ताप्लेजुङको जिल्लाको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा निरीक्षक कमलकुमार लुङगेलीका अनुसार मृत्यु हुनेमा फिदिम नगरपालिका–१४ लुङरुपा घर भएका २५ वर्षका सविन राई रहेका छन् । प्रहरीका अनुसार राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए ।

योजनास्थल सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमा नै मृत्यु हो । लुङगेलीका अनुसार ट्याक्टर पहिरोले बगाएर सडकदेखि करिब ६० मिटर तल पु¥याएको थियो । ट्याक्टरका चालक भने भागेर ज्यान बचाउन सफल भएका थिए । 

प्रकाशित: ३० जेष्ठ २०८१ १८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App