समाज

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा सडक विस्तार गर्ने क्रममा स्काभेटर चालकको मृत्यु भएको छ। यस सडकखण्ड अन्तर्गतको तिन नं.पुलका लागि पहाड खन्ने क्रममा आज बिहान ९:१० बजेको समयमा माथिबाट ढुङ्गासहितको पहिरो खसी स्काभेटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा  बा २ क ८६५१ नं. स्काभेटरका चालक बर्दिया गेडुवा गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ को मंगल चौधरी रहेको चितवन प्रहरीले जनाएको छ।

गम्भीर घाईते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले १०:२२ बजेको समयमा उनलाई मृत घोषणा गरेका थिए।

भित्तो काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसी चालकसहित स्काभेटर समेत पुरिएको प्रहरीले जानकारी दिएको छ।

स्काभेटर पुर्ण रुपमा क्षयति भएको छ। सोही क्रममा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षयति भएको प्रहरीले जानकारी दिएको छ। अहिले यस सडक दुई तर्फी नै सञ्चालनमा आएको छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App