समाज

सामाजिक सञ्जाल चलाउँदा ख्याल राख्नुहोस् यी कुरा...(भिडियो सहित)

पछिल्लो समय कुनै पनि किसिमको सामाजिक सञ्जालको सम्पर्कमा नभएको मानिस भेटाउन मुस्किल पर्छ। सम्पर्क मात्रै होइन अधिकांशको बानी त सानो फुर्सदमा पनि सामाजिक सञ्जालमा झुन्डिइरहने नै हुन्छ।

त्यसमध्ये पनि कतिपयले भने सामाजिक सञ्जालमा देखिने कुराहरूमा आफ्नो प्रतिक्रिया जनाइहाल्ने बानी हुन्छ। कुनै पनि कन्टेन देख्ने बित्तिकै राम्ररी अध्ययन नै नगरी त्यसबारे टिप्पणी, लाईक वा सेयर गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको कमी पनि छैन हाम्रो समाजमा।

यदि तपाईँ फेसबुक, टिकटक, एक्स (ट्वीटर), भाइबर, पिन्टरेस्ट, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, लिन्क्डइन, विच्याट जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नहुन्छ भने तपाईँले अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गर्दा, पोस्ट वा कमेन्ट गर्दा वा कुनै किसिमले कन्टेन सेयर गर्दा अपनाउनु पर्ने केही विशिष्ट जिम्मेवारीहरू छन्। ती जिम्मेवारीबारे के तपाईँ जानकार हुनुहुन्छ ?

सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा गर्नै नहुने वा गराउन नहुने कार्य मध्येको पहिलो हो बेनामी पा छद्मवेशी पहिचान (फेक आइडी, पेज ग्रुप) बनाउने। सामाजिक सञ्जालको प्रयोग गर्दा फेक आइडी बनाएर टिप्पणी (कमेन्ट) वा सेयर गर्ने, कसैलाई फोन गर्न पाइँदैन।

कुनै समुदाय, लिङ्ग, शारीरिक वा मानसिक अवस्थालाई लक्षित गरी ट्रोल गर्ने, गाली बेइज्जती वा घृणा जन्य अभिव्यक्ति (हेट स्पीच) फैलाउने, बिना अनुमति अरूका फोटो तोडमोड (एडिट) गरी प्रकाशन गर्ने, अश्लील सामग्रीको समर्थन गरी सेयर गर्ने, भ्रमपूर्ण सूचना फैलाउने जस्ता कार्यहरू गर्न हुँदैन।

नेपाल सरकारले हालै जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको जिम्मेवारी समेत तोकेको छ। उक्त निर्देशिकाको दफा ४ विपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भए सोको पहिचान गरी सो सामग्री चौबिस घण्टाभित्र हटाउनुपर्नेछ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि स्पष्ट रूपमा तोकिएको छ। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा सङ्घीय इकाइबीचको सु–सम्बन्धमा प्रतिकूल असर हुने कार्य गर्न नहुने निर्देशिकामा उल्लेख छ।

यसैगरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन गर्न वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पार्ने लगायतका विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्न पाइँदैन।

प्रकाशित: ११ माघ २०८० १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App