समाज

दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

काठमाडौं बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सुर्खेतको जनजीवन प्रभावित बनेको छ।

वीरेन्द्र नगरका सबै गतिविधि ठप्प भएका छन्। सवारी साधन पनि चलेका छैनन्।

यहाँका स्थानीहरूले सुर्खेतमा यातायात बन्द गर्दै प्रदर्शन थालेका हुन्। उनीहरूले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरू राख्दै प्रदर्शन गरिरहेका छन्।

आइतबार सरकारी गाडी हिंडडुल रोक लगाउने आन्दोलनका अगुवाहरूले जनाएका छन्। माग पूरा नभएसम्म आन्दोलन क्रमिक रूपमा हुने जनाइएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सार्वजनिक सवारी १२ देखि १ बजे र  सरकारी गाडी पूर्ण रूपमा रोक लगाउने आन्दोलनका एक अगुवा नविन योगीले बताए।

प्रकाशित: १५ पुस २०८० ०६:३६ आइतबार

जनजीवन ठप्प काठमाडौँ बालकुमारीको प्रदर्शन गृहमन्त्रीले राजीनामा दिनुपर्ने