समाज

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–३ खोपवा टोलका रूपन भन्ने रूपनारायण चौधरी रहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

खोपवामा भन्सार छलेर ल्याएको मोबाइल लुकाएर राखेको  भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले करिब १५ लाख मूल्य बराबरका अवैध मोबाइलसहित चौधरीलाई पक्राउ गरेको काफ्लेले बताए।

चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाइल कभर फेला परेको उनले बताए।

घटनाबारे प्रहरीले थप र आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुस २०८० ०५:१९ बिहीबार

जिल्ला प्रहरी कार्यायल बारा बारा भन्सार छली भन्सार १५ लाख अवैध मोबाइल बारागढी गाउँपालिका रूपनारायण चौधरी