समाज

विवादास्पद धर्म गुरु श्री निवास आचार्य पक्राउ

विवादास्पद धर्म गुरु श्री निवास आचार्य पक्राउ परेका छन्।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी भएका आचार्यलाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको हो।

उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण सुरु भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले धरपकड सुरु गरेपछि प्रसाईँ भने भागेका थिए।

उनले धर्मगुरुहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेपछि आचार्यसहितको टोली आन्दोलन गर्न गौशाला पुगेको थियो। त्रिशूल सहित पुगेका उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि उनलाई नियन्त्रणमा लिनु परेको प्रहरीको दाबी छ।

प्रकाशित: ११ मंसिर २०८० १०:२२ सोमबार