समाज

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका बेच्दै

फाइल तस्बिर

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्न सुरु गर्दैछ।

कम्पनीले चाडपर्वका अवसरमा उपभोक्तालाई स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गर्ने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन पनि गर्दैछ।  

कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ।

प्रकाशित: २९ आश्विन २०८० ०३:३२ सोमबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी दशैँ खसीबोका