समाज

तीखे गैंडाले बच्चा जन्मायो

कार्तिक- चितवनबाट बर्दिया राष्ट्रिय निकुन्जस्थित बबई उपत्यकामा मूलघाटमा स्थानान्तरण गरेको गैडाले वच्चा जन्माएको छ। बबई उपत्यकाको चेपाङ्गमा मूलघाट क्षेत्रमा गैंडाले एउटा बच्चा जन्माएको निकुन्जले जनाएको छ।

सन् २०१७ मा तीखे  नामक पोथी गैंडा दुई वर्ष अघि चितवन निकुन्जबाट बबई उपत्याकामा स्थान्तरण गरि छाडिएका थियो। नौ वटा वच्चा सहित गैडाको संख्या बढेर ३८ पुगेको संरक्षण अधिकृत अशोक भन्डारीले बताए । उनका अनुसार उक्त क्षेत्र गैडाको बासस्थानका लागी उपयूक्त मानिन्छ।

प्रकाशित: ६ कार्तिक २०७४ ११:५९ सोमबार

तीखे गैंडाले बच्चा जन्मायो