समाज

अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन

तस्बिर: राजिव खत्री/नागरिक

अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।

मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँको आयोजनमा भएको उक्त दीप प्रज्वलन हिंसाको खारेजी र अहिंसाको प्रवर्द्धनका निमित्त थियो। समाजले अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीको लागि योगदान गर्न सबैलाई आग्रह समेत गरेको छ।

हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भएको मानव अधिकार तथा शान्ति समाजको भनाइ थियो।

अहिंसा दिवसको अवसरमा दीप प्रज्वलन गरी जनयुद्ध दिवसको नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय पनि खारेज गर्न सरकार समक्ष आग्रह गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८० १४:१९ सोमबार