समाज

सप्तरीबाट ठुलो परिमाणमा लागू औषध बरामद

सप्तरीबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ।

जिल्लाको पश्चिम दक्षिण वेल्ही नाकाबाट चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको लागू औषध सहित अटो चालक र चामलको बोरा राख्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले विभिन्न किसिमका ३ हजार पाँच सय २५ एम्पुल लागू औषध नियन्त्रणमा लिएको छ। बरामद भएको लागू औषधमा डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल रहेको प्रहरीले जनाएको छ।

सप्तरी प्रहरी प्रवक्ता डिएसपी नरेश सिंहका अनुसार पारिबाट सीमा क्षेत्र हुँदै राजमार्गतर्फ आइरहेका स १ ह ३६८६ नम्बरको अटोलाई बलान बिहुल गाउँपालिका-१ मा रोकी जाँच गर्ने क्रममा दुई वटा बोरामा रहेको चामलको बीचमा तीन वटा प्लास्टिकको झोला भित्र उक्त परिमाणकाे लागू औषध फेला परेको हो।

प्रहरीले लागू औषधसहित अटो चालक राजेन्द्र राम र अटोमा चामल बोरा राख्ने हरिहर यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको छ।

केही दिन अघि तस्करी गरी वेल्हीनाकाबाटै भारततर्फ लैजाँदै गरेको अवस्थामा मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले ठुलो परिमाणमा स्याउ नियन्त्रणमा लिएको थियो। यो नाका तस्करीका लागि चर्चित नाका हो।

प्रकाशित: ३० भाद्र २०८० १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App