समाज

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन्।

विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला आज विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुग्नुभएका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

उनले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दो सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन्। 

प्रकाशित: १९ भाद्र २०८० १५:३३ मंगलबार