समाज

लघुवित्तपीडित: सडकमा खाना, सडकमै छाना (तस्बिरहरु)

लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेका छन्।

विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन्।आफ्ना माग पुरा हुने आसमा उनीहरू विगत एक साता देखि सडकमै छन्। खाना र छानाको व्यवस्था पनि उनीहरुले सडकमै गरेका छन्।

लघुवित्त तथा सहकारी विरुद्धको आन्दोलनमै रहेका बारा घर बताउने धर्म शंखर भन्छन् 'हामी यहाँ बसेर आन्दोलन गरेको निकै दिन भइसक्यो, अझै पनि सरकारको ध्यान पुग्न सकेको छैन। हाम्रो माग सुनवाइ हुँदैन भने हामी तोडफोडमा उत्रन्छौँ।'

यसै क्रममा आज लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान माइतीघर मण्डलामा भेला भई संसद् भवन घेराउ गर्न पुगेका उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।

पीडितहरूले लघुवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन्।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित: १० श्रावण २०८० ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App