हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। अहिले बिहान कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकोछ।
त्यस्तै राती कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भने कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: २४ असार २०८० ०१:३४ आइतबार