समाज

अब भक्तपुरमै ट्राफिक सचेतना कक्षा

ट्राफिक नियम उल्लङ्घन गर्नेले अब भक्तपुरमै सचेतना कक्षा लिन पाउने भएका छन्।

काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा अब कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन्।

मादक पदार्थ सेवनबाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारवाहीमा पर्नेका लागि सो व्यवस्था छ भने मापसेमा पर्नेले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुग्नुपर्ने छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजु कार्कीले ट्राफिक कारवाहीमा परेका चालकलाई भक्तपुरमै सचेतना कक्षा संचालन हुने कुराले जिल्लाबासीलाई सहज बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ३ असार २०८० १३:३८ आइतबार