समाज

लागु औषधसहित दुई पक्राउ

लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थितबाट प्रहरीले लागु औषधसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ लखनाका २२ वर्षिय खिमबहादुर बिक र २१ वर्षिय शिव प्रसाद थारु रहेका छन्। भारतबाट नेपालतर्फ शंकास्पद रुपमा हिड्दै आइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेक जाँचगर्दा लागु औषध फेला पारेको हो।

विकले लुकाई राखेको अवस्थामा लागु औषध बरामद भएको छ। ३ सय ५० मिलिग्राम लागु औषध बरामद भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ वैशाख २०८० ११:०७ सोमबार

लागु औषध