समाज

सार्वजनिक बिदाका दिनमा समेत तीनवटा क्षेत्रमा सेवा प्रवाह गर्ने ताप्लेजुङ प्रशासनको निर्णय

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राजपत्रमा प्रकाशित बिदाका दिनमा समेत नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह गर्ने भएको छ। 

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार गत चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाका दिन समेत तीनवटा क्षेत्रको सेवा प्रवाह हुने जानकारी दिईन्। उनका अनुसार नागरिकता सम्वन्धी सेवा,राहदानी सम्वन्धी सेवा र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह हुने छ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार उभौंली पर्व–चण्डी पूर्णिमा(बैशाख पूर्णिमा) रहेको २०८० साल बैशाख २२ गते शुक्रवार,गणतन्त्र दिवस रहेको जेठ १५ गते सोमवार,रक्षा बन्धन रहेको भदौ १४ गते बिहीबार,श्रीकृष्ण जन्माष्टमी रहेको भदौ २० गते बुधवार,घटनास्थापना रहेको असोज २८ गते आईतवार,क्रिसमस डे रहेको पुस ९ गते सोमवार र किराँत समुदायको उधौंली पर्व÷योमरी पुन्ही÷ज्यापु दिवस रहेको पुस १० गते मंगलवार सार्वजनिक बिदा भएपनि सेवा प्रवाह हुने भएको छ।  

यस्तै तमू ल्होसार रहेको पुस १५ गते आईतवार,पृथ्वी जयन्ती रहेको पुस २७ गते शुक्रवार,माघे संक्रान्ति÷माघी पर्व रहेको माघ १ गते सोमवार,सोनाम ल्होसार रहेको माघ २७ गते शनिवार,जनयुद्ध दिवस रहेको फागुन १ गते मंगलवार,राष्ट्रिय प्रजातन्त्र दिवस रहेको फागुन ७ गते सोमवार,महाशिवरात्री-अन्तराष्ट्रिय महिला दिवस रहेको फागुन २५ गते शुक्रवार,ग्याल्पो ल्होसार रहेको फागुन २८ गते सोमवार र ईदुल फित्र,बकर ईद(ईद उल अजहा)का दिन समेत उक्त तीन क्षेत्रको सेवा प्रवाह हुने प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: ८ वैशाख २०८० ०५:३४ शुक्रबार