समाज

कृष्णसार यातायात व्यबसायी संघले मंगलबारदेखि सेवा ठप्प पार्ने

बर्दिया– कृष्णसार यातायात व्यबसायी संघले अवैध गाडीलाई प्रशासनले संरक्षण दिएको भन्दै यातायात सेवा ठप्प पार्ने घोषणा गरेको छ।

भेरी प्रालिका नाममा अवैध गाडी सञ्चालनमा प्रहरी र प्रशासनले स्कटिङ गरिरहेको आन्दोलन गर्ने समितिले जनाएको छ। सोमबार दिउँसो समितिमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी र प्रशासनको अबैध गाडी सञ्चालन गर्न संरक्षण गरेकाले बिरोध स्वरुप मंगलबारदेखि सम्पूर्ण सवारी साधन सञ्चालन ठप्प पार्ने समितिले निर्णय गरेको सञ्घका अध्यक्ष शम्भु रिजालले बताए।

‘प्रालिका नाममा आएका गाडी नियम मिचेर सञ्चालन गरे मान्य हुने छैन,’ उनले भने। भेरी प्रालिको नाममा व्यत्तिगत रुट प्रमिट र व्यत्तिगत गाडी सञ्चालन गरे कडा संघर्ष उत्रने उनले चेतावनी दिए। भेरी प्रालिका अध्यक्ष राजेन्द्र गिरीले व्यत्तिगत रुट प्रमिट लिएको उनले स्वीकारे।

‘व्यत्तिगत रुटपरमिट लिएर सञ्चालन भएका गाडी अवैध रुपमा संचालन भन्न मिल्दैन,’ उनले भने। समितिले प्रालिका नाममा संचालन भएका गाडी व्यत्तिगत दर्ता गरेको रिजालले दाबी गरे। २०० बढी गाडी संघमा दर्ता छन्।

प्रकाशित: ३ आश्विन २०७३ १३:०२ सोमबार

कृष्णसार यातायात व्यबसायी संघले मंगलबारदेखि सेवा ठप्प पार्ने