समाज

शिखर इन्योरेन्सले फोटो पत्रकारहरुको बीमा गर्ने

काठमाडाैं– शिखर इन्स्योरेन्स कम्पनी र फोटो पत्रकार क्लबले फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामेराको बीमा गर्न सम्झौता गरेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्योरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल विधामा प्रायोजन गरेको शिखर इन्योरेन्सले फोटो पत्रकारहरुको क्यामेरामा ३ लाख सम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो। कार्यक्रममा शिखर इन्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटो पत्रकारसँग गरिएको बीमा सम्झौता उपयुक्त भउको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने बताए।

फोटो पत्रकारहरुको क्यामरा चोरी भएको अबस्थामा बीमा दाबी गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने बताए। पहिले प्रिमियम तिर्न नपर्दा फाइदा हुन्छ भन्ने धारणा चल्दै आएको बताउँदै सिइओ पाण्डेले भने, ‘तर अहिले जस्ले प्रिमियम तिर्छ उसलाई बढी फाइदा हुन्छ।’

फोटो पत्रकार क्लबका अध्यक्ष कार्कीले शिखर इन्योरेन्ससँगको सहकार्यले फोटो पत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरेको बताए। विभिन्न आन्दोलका क्रममा फोटो पत्रकारका क्यामेरा, लेन्सको क्षति हुने गरेको तर कहिँकतैबाट पनि क्षतिपूर्ति नआउने अबस्थाबाट मुक्त भएको बिचार ब्यक्त गरे।

फोटोपत्रकार क्लबसँगको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै शिखर इन्योरेन्सका सिइओ पाण्डेले कुन बीमा कति प्रिमियम थप गर्न सकिन्छ आपसी सहमतीबाट तय गर्न सकिने जानकारी दिए।

फोटोपत्रकार क्लबसँगको बीमा सम्झौता अनुसार बीमा शुल्कमा ४० प्रतिशत छूट गरेको क्लबले जनाएको छ।

 

प्रकाशित: ८ भाद्र २०७३ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App