समाज

मतदान अधिकृतले मतपेटिका छोडेर सुत्न गएपछि विवाद

मतदान सकिएपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान अधिकृतले  मतपेटिका प्रहरी चौकीमा लगेर छाडेका छन्। त्यसपछि मतदान अधिकृत सुत्न गएसँगै विवाद भएको हो।  

ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो। अहिले मतपत्र गाउँ पालिकामै छ। दुल्लु नगर पालिकामा ल्याउनुपर्ने मत पेटिका मतदान अधिकृतको लापरबाहीका कारण गाउँमै छोडिएको हो।

दैलेख क्षेत्र नम्बर दुईका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन्। अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने जनाइएको छ। उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो। सबै मत पेटिका गणनाका लागि दुल्लु पुगिसकेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App