राजनीति

पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्। बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढ्ने आश्वासन दिएका हुन्।

देउवाले भारतीय प्रधानमन्त्री मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकरात्मक रहेको सुनाए। पानी र  बिजुली  बेचेर  नेपाल धनी बन्न सक्ने  भन्दै उनले योजना अगाडि बढे यो ठाउँको विकास हुने जानकारी दिए।

पहिलेको भन्दा विकास निर्माणका कामले गति लिएको भन्दै बैतडीको तल्लोस्वारड क्षेत्रको विकासको लागि सधै तत्पर रहेको जानकारी दिए। प्रधानमन्त्री देउवा कार्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजित गठबन्धन दलको चुनाबीसभामा सहभागी भएका थिए।  

यस्तै कार्यक्रममा बोल्दै  माओवादी  केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले  स्वराडको विकासका लागि गठबन्धनले जित्न आवश्य रहेको बताए। चुनावी सभालाई सम्बोधन गर्दै उनले यहाँका समस्या आफूलाई थाहा भएको भन्दै  गठबन्धले  जिते यहाँको  मुहार फेरिने  दाबी गरे। यहाँ तमाम समस्या भएको औल्याँदै माओवादी नेता भट्टले विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन अपिल गरेका छन्।  

प्रकाशित: ३० कार्तिक २०७९ १२:२३ बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवा