राजनीति

जुम्लामा कांग्रेस उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाहीका लागि सिफारिस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले ७ जना कार्यकर्तालाई नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा कारबाही गर्न सिफारिस गरेको छ। नेपाली कांग्रेस जुम्लाका  जिल्ला सभापति कर्णबहादुर शाहीद्वारा हस्ताक्षरित प्रेसविज्ञप्ती मार्फत कारबाहीको सिफारिस गरिएको हो।

उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्त बहादुर रोकाया,नग, सभापति रवि थापा,गोविन्द बहादुर शाही,आसे बस्नेत,भक्त रोकाया र गोर बहादुर सुनार लाई कारबाहीका लागि सिफारिस गरिएको पार्टी सभापति कर्णबहादुर शाहीले बताए।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र बाम गठबन्धनका अन्तर्गत समर्थन गरेका उम्मेदवार विरुद्ध  पार्टीको विधान २०१७ को९ संशोधन ०परिच्छेद ९ को धारा ३४ को  उप धारा  १ क,ख र घ,ङ बमोजिम पार्टीको हित विपरीत कार्य गरेको पाइएकोले कार्तिक १४ गतेका दिन तपशिलका निम्न व्यक्तीहरुलाई स्पष्टीकरण सोधिएकोमा नगर सभापति  रवि थापाले मात्रै स्पष्टीकरण दिएको उनले बताए।  

निजको स्पष्टीकरण पनि चितबुझ्दो नभएको उनले उल्लेख गरे। अन्य पदाधिकारीले स्पष्टीकरण नदिएको भन्दै तपशिलका व्यक्तीहरुलाई विधान अनुसार कारबाहीको लागि सिफारिस गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०७९ १२:५९ मंगलबार

नेपाली कांग्रेस