राजनीति

स्थानीय पर्यवेक्षण कर्तालाई नियोकले गरायो अनुशिक्षण

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्ने स्थानीय पर्यवेक्षण कर्ताहरुका लागि   राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सोमबार एकदिने अनुशिक्षण गराएको छ।  

निर्वाचनको पर्यवेक्षण प्रकृया र पर्यवेक्षणकर्ताको भूमिका विषयमा अनुशिक्षण गराइएको नियोक ताप्लेजुङका अध्यक्ष अम्विका हाङ्वाङले जानकारी दिए।  

नियोकका ताप्लेजुङका सचिव दीपेन्द्र सुबेदीका अनुसार पर्यवेक्षणकर्ताहरुले अपनाउनुपर्ने कर्तव्य र जिम्मेवारी बारे पर्यवेक्षणकर्ताहरुलाई जानकारी गराइएको छ।  

प्रकाशित: २८ कार्तिक २०७९ १३:२० सोमबार

पर्यवेक्षण