राजनीति

जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलद्धारा राजीनामा

जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले पाटीको साधारण सदस्य पदमा समेत नरहने गरी राजीनामा दिएका छन्।

मंगलवार जसपाका जिल्ला अध्यक्ष पटेलले लिखित रुपमा प्रेस बक्तव्य जारी गर्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टी जानाउदै राजिनामा दिएका हुन्। आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा एमालेसँग जसपाले गरेको गठबन्धनप्रति असहमति जनाउँदै उनले राजीनामा दिएका हुन्।  

उनले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई उदीयमान तानाशाहको संज्ञा दिँदै मधेसीको पक्षमा लडिरहेको जसपा, नागरिकता जस्तो गम्भीर मुदामा गैरजिम्मेवार भई राष्ट्रपतिद्वारा होल्ड गरिएकाे जानकारी हुँदाहुँदै पनि आँखा चिम्लेर रातारात एमालेको शरणमा जानु आत्मघाती र मधेसी जनताप्रति गद्दारी भएको समेत अध्यक्ष पटेलद्धारा जारी राजिनामा पत्रमा उल्लेख गरिएको छ। 

जसपाका राष्ट्रिय अध्यक्षको निर्णय प्रति असहमति जनाउँदै पटेलको राजिनामा धोषणाले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनामा समेत यसको असर पर्ने अनुमान गरिएको छ। तत्काल कुनै पार्टीमा नलागी मधेसको पक्षमा स्वतन्त्र रुपले लागिरहने प्रतिबद्धता पटेलले सामाजिक संजालमा व्यक्त गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०७९ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App