राजनीति

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ। एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घोषणापत्र कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।  

जारी गरेको विज्ञप्तिमा भनिएको छ,'संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।'

प्रकाशित: ७ कार्तिक २०७९ ०३:३० सोमबार

नेपाली कांग्रेस