राजनीति

बुबाको हातबाट ओलीले लगाए टीका

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन्। तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठूलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका हुन्।

उनीसँगै पत्नी राधिकाले पनि बुबाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन्।

अध्यक्ष ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई पनि टीका लगाइदिएका छन्। केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन्। 

प्रकाशित: १९ आश्विन २०७९ ०७:५२ बुधबार

नेकपा एमाले केपी शर्मा ओली