राजनीति

परमादेश बेठिक भए देउवा सरकार पनि अवैध: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबराको समूहले गरेको संसद् पुनस्थापनाको परमादेश बेठीक भए देउवा सरकार आफैं पनि अवैध भएको बताएका छन्। संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको एउटा प्रवचन कार्यक्रममा सचिव सुवालले वेठीक परामादेश दिने न्यायाधीसहरुले गरेको संसद पुनस्थापनाबाट बनेको दलहरु कसरी वैध हुनसक्छ भनी प्रश्न गरे।

देशका हरेक क्षेत्रमा जस्तै न्यायाल पनि अस्तव्यस्त भएको उनको भनाई थियो। उनले भने, 'अन्य धेरै जस्तै न्यायालय पनि सेटिंगमा चल्ने गरेको छ,' उनले ठूला राजनीतिक दलहरु देश र जनताको हितलाई भन्दा पनि आफ्नो स्वार्थ अनुसार मात्रै चल्ने गरेको आरोप लगाए।  

उनले संसद विघटन प्रधानमन्त्रीको भरेको बन्दुक सरह हुने भन्दै जबराको संसद पुन:स्थापनाको परामादेश गलत भएको बताए। संसद पुन:स्थापना गरे जबराको टोलीले ताजा जनादेश लिने चुनावको विपक्षमा गएको बताए। 'चुनावमा जानलाई रोक्नु राम्रो परमादेश होइन,' उनले भने।  

संविधान दिवसको नाममा जेलमा रहेका अपराधीहरुलाई अपराध माफी गरी जेलमुक्त गर्नु ठीक नभएको उनको भनाई थियो। बरु जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्ड सजायँंको बन्दोबस्त हुनुपर्ने पार्टीको धारणा रहेको उनले बताए।  

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरुको आयोजनामा भएको कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेजका वीएवीएसडव्जू एवं एमए अंग्रेजिका इन्चार्ज कमिनिका न्याइच्याईलगायतले ठूला दलहरुकै कारण न्यायालयमा अहिलेको अवस्था सृजना भएको बताए।  

यसअघि ख्वप माविका प्रचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविकै कानुन संकायका शिक्षक अधिवक्ता राजु कैतीले संविधानका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७९ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App