राजनीति

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

फाइल तस्बिर।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन्। उनले विधेयकमा कुन–कुन प्रावधान राखिँदैछ भन्ने सम्बन्धमा पीडितलाई जानकारी नदिएको बताए। विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेको उनको भनाई छ। सांसद सुवालले संक्रमणकालिन न्याय अन्य ऐनहरुसँग पनि सम्बन्धित हुने भन्दै यो विधेयकले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण हुन नसक्ने बताए।

उनले मानव अधिकारको गम्भिर उल्लंघनका घटनालाई पनि मानव अधिकार उल्लंघनको घटना भन्दै मेलमिलाप गर्न लागिएकोले उल्लंघनका दोषीलाई पनि सजाय हुनुपर्ने बताए।

प्रकाशित: ७ भाद्र २०७९ ०६:४३ मंगलबार

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’