राजनीति

गठबन्धन दलले एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने

निर्वाचन आयोगले गठबन्धन दलहरूलाई एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिदिएको छ।

आयोगले दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनका लागि दल दर्ताको निवेदन दिने बेला मै ऐन बमोजिमको ढाँचामा पेश गर्नुपर्ने शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ।

सोही व्यवस्था बमोजिमको सुविधा आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरूले प्रयोग गर्न सक्ने गरी निर्वाचन आयोगले सूचना निकालेको हाे।

प्रकाशित: २० श्रावण २०७९ १४:२५ शुक्रबार