सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तरण बढाउदै लगेका छन्। उनले ९ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
अहिले सम्म ४२ हजार २ सय ३० मत गणना हुँदा हमालले १९ हजार १ सय ४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याईरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ९ हजार ५ सय ५७ मत प्राप्त गरेका छन्। हमाल र वड बिच ९ हजार ५ सय ९० मत अन्तर छ।
एमालेका रणबहादुर चन्दले ४ हजार ६ सय ६४ मत प्राप्त गरेका छन्। उपमेयर पदमा माओवादी केन्द्रका शान्ति अधिकारीले ८ हजार ८ सय १५ मत प्राप्त गरेकी छन्।
उनलाई पछ्याईरहेकी एमालेका कन्दकला रानाले ८ हजार १ सय ४१ मत प्राप्त गरेकी छन्। उपमेयरमा अधिकारी र राना बिच ६ सय ७४ मत अन्तर छ। शुरु देखि नै अधिकारीले अग्रता दिइरहेकी छन्। थोरै मत अन्तरले रानाले पछ्याईरहेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ५, वडा नं ६, वडा नं ७, वडा नं १३ र वडा नं १४ को मतगणना भैरहेको छ । भने वडा नं ८, वडा नं ९, वडा नं १०, वडा नं ११ र वडा नं १२ का मत पेटिका खोल्न वाँकि छ। ९७ जना जना जनप्रतिनिधी चुन्नका लागी ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।
प्रकाशित: ६ जेष्ठ २०७९ ०२:५४ शुक्रबार