सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुर देखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तरण बढाउदै लगेका छन्। उनले ७ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका हुन्।
अहिले सम्म ३० हजार ६ सय ९८ मत गणना हुदाँ हमालले १३ हजार ८ सय २३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ६ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। हमाल र वड बिच ७ हजार ५१ मत अन्तर छ। एमालेका रणबहादुर चन्दले ३ हजार २ सय १७ मत पाएका छन्।
उपमेयर पदमा माओवादी केन्द्रका शान्ति अधिकारीले ६ हजार १ सय ८१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी एमालेका कन्दकला रानाले ५ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन्। उपमेयरमा अधिकारी र राना बिच ७ सय २६ मत अन्तर छ। सुरुदेखि नै अग्रता लिएकी अधिकारीले अग्रता बढाएकी छन । अधिकारी र राना बिच कडा प्रतिस्पर्धा देखिएको छ।
मतगणनाको सुरुवातमा तेश्रोमा रहेकी राना स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर अग्रता लिइरहेकी अधिकारीलाई पछ्याइरहेकी हुन्। स्वतन्त्र उम्मेदवार भण्डारीले ३ हजार ३ सय ५७ मत पाएका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ५, वडा नं ६, वडा नं १६ र वडा नं १५ को मतगणना भइरहेको छ।
वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं १७, वडा नं १८ र वडा नं १९ को वडा अध्यक्ष सहित प्यानल नेपाली काग्रेसले जितेको छ भने वडा नं १८ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ। ९७ जना जना जनप्रतिनिधि चुन्नका लागी ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।
प्रकाशित: ५ जेष्ठ २०७९ ०४:३० बिहीबार