राजनीति

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल ५ हजार मतले अगाडि

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तरण फराकिलो बनाउदै लगेका छन्। उनले ५ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।

अहिले सम्म २३ हजार २ सय २३ गणना हुदाँ हमालले १० हजार १० हजार ८ सय २५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ५ हजार १ सय ६६ मत प्राप्त गरेका छन्। हमाल र वड बिच ५ हजार ६ सय ५९ मत अन्तर छ। भने एमालेका रणबहादुर चन्दले २ हजार ४ सय ६२ मत पाएका छन्।

उपमेयर पदमा माओवादी केन्द्रका शान्ती अधिकारी र एमालेका कन्दकला राना बिच कडा प्रतिस्पर्धा देखिएको छ। उपमेयर पदमा माओवादी केन्द्रका अधिकारीले ४ हजार ६ सय ८८ मत प्राप्त गरेकी छन्। भने  उनलाई पछ्याइरहेकी एमालेका कन्दकला रानाले ४ हजार २ सय ४६ मत प्राप्त गरेकी छन्। मतगणनाको शुरुवातमा तेश्रोमा रहेकी राना स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर अग्रता लिईरहेकी अधिकारीलाई थौरै मत अन्तरले पछ्याइरहेकी छन्। स्वतन्त्र उम्मेदवार भण्डारीले २ हजार ६ सय ४२ मत पाएका छन्।

धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ । वडा नं ३, वडा नं ४, वडा नं १७ र वडा नं १६ को मतगणना भैरहेको छ।

वडा नं १, २ र १९ मा वडा अध्यक्ष सदस्य सहित पूरै प्यानल नेपाली काग्रेस बिजयी भएको छ भने वडा नं १८ मा नेकपा एमालेको पुरै प्यानल बिजयी भएको छ। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए । ९७ जना जना जनप्रतिनिधि चुनिने छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App