राजनीति

मुलुकको आर्थिक अवस्था जोखिमउन्मुखः पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको बताएका छन्। प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्। उनले राजनीतिक दलहरुले अनावश्यक रुपमा अर्थतन्त्रलाई हस्तक्षेप नगर्न पनि ध्यानाकर्षण गराएका छन्।  

सोही क्रममा पूर्वअर्थमन्त्री पौडेलले सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने समेत बताएका छन्। उनले भने, 'मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन।’  

उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दाबी पनि गरे।

मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर मात्र मुलुकको बिग्रँदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रँदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए।

कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखिरहेका छन्।

प्रकाशित: २७ चैत्र २०७८ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App