राजनीति

मतदाता एक करोड ७७ लाख

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता हुने जनाएको छ। आइतबारबसेको आयोगको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो।

‘आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन घोषणा भएको मिति माघ २४ गतेभित्र नाम दर्ता गरी आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेरपूरा हुने एक करोड ७७ लाख ३३ हजारसात सय २३ मतदाताले मतदान गर्न पाउनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। तीमध्ये ८९ लाख ९२ हजार१० जना पुरूष, ८७ लाख ४१ हजारपाँच सय ३० जना महिला रएक सय ८३ जना यौनिक अल्पसंख्यक छन्।

आयोगले निर्वाचनका लागि १० हजारसात सय ५६ मतदानस्थल र२१ हजारनौ सय ५५ मतदान केन्द्र कायम गरेको छ। जिल्लागत रूपमा यसपटक सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजारदुई सय २३ जना रकम मनाङमा ६ हजारचारसय ९६ जना छन्। मोरङमा आठ सय २० रमनाङमा २८ मतदान केन्द्र तोकिएका छन्।

आयोगका अनुसारस्थानीय तहमा सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा तीन लाख दुई सय ४२ रकम मनाङको नार्पा भूमि गाउँपालिकामा चारसय ४८ जना छन्। त्यस्तै सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा चारहजारएक सय नौ रकर्णाली प्रदेशमा एक हजारतीन सय ८५ छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एक करोड ४० लाखभन्दा बढी मतदाता थिए। पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेको अयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि गत मंसिर१७ गतेदेखि एक महिना लगाएरआयोगले मतदाता नामावली संकलन गरेको थियो। आयोगले निर्वाचनका लागि आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारमनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारमाथिको दाबी रविरोध, वैैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच, वैशाख १५ गते उम्मेदवारको नामावली प्रकाशन, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने रउम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तोकेको छ।

प्रकाशित: १४ चैत्र २०७८ ००:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App