राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको अधिवेशन बोलाएकी छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को आजको सिफारिशमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते मंगलबारका दिन संसद आह्वान गरेकी हुन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएको छ। कार्यालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
प्रकाशित: १६ मंसिर २०७८ १३:०८ बिहीबार