राजनीति

कमल थापाद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए। उनले उकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए।

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिए। आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उनले प्रचण्डलाई बन्दुक बोकेर जंगल पसेको धाक नलगाउन पनि चेतावनी दिए। उनले राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय देखेमा संविधानसभा बहिष्कार गरेर बिद्रोहको बाटोमा जानुपर्ने आवश्यक्ता हुनसक्ने बताए। 

अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै आक्रोश पोखेको भन्दै गणतन्त्रमा विश्वास भए जनतासँग गएर जनमत गर्न चेतावनी दिए। अध्यक्ष थापाले आगामी निर्वाचनबाट काँग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा उदाउने दाबी गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति रुपमा स्थापित गर्दै पार्टीको वैचारिक धार बलियो बनाएपछि र चाँडो भन्दा चाँडो हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना घोषणा गर्ने आधार तय भएपछि स्वभाविक रुपले आफूले पार्टीबाट विश्राम लिने बताए। 

सबै एकत्रित भएर काम गरे आगामी निर्वाचनमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवल समशेर नै भएकोले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गरे। 

प्रकाशित: १३ मंसिर २०७८ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App