राजनीति

एमाले अधिवेशनमा पूर्व माओवादीले भनेः हाम्रो कुनै 'अब्जेक्सन' छैन

नेकपा एमालेको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेसनमा सर्वसम्मतको प्रयास जारी नै छ। सोही क्रममा नेकपा माओवादी छाडेर एमालेमा आएका नेताहरुले केपी शर्मा ओली नै पार्टी अध्यक्ष हुनु पर्ने जिकिर गरेका छन्।  

स्थायी कमिटी सदस्य मणि थापाले पूर्व माओवादीले नयाँ नेतृत्वका लागि भइरहेको प्रयासमा आफूहरुको कुनै अवरोध नगर्ने बताए। थापा भन्छन्, 'हामी यसमा कुनै पनि बाधा उत्पन्न गर्दैनौं।'

आफूहरु अहिलेको सिर्जित अवस्थामा ओलीलाई नै अध्यक्ष पदमा देख्न चाहेको बताए।

ओली समूहकै नेताहरुबीच एकआपसमा समझदारी हुन सकेको छैन। जसका कारण महाधिवेशनको बन्दसत्र अन्योलमा परेको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०८:१७ शनिबार

नेकपा एमाले एमाले अधिवेशन पूर्व माओवादी