राजनीति

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन्। कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

यो पनि पढ्नुहोस्

इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

यो पनि पढ्नुहोस्

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रकाशित: ८ कार्तिक २०७८ १४:२३ सोमबार

कार्यदल गठन बाढी र डुबान धानबाली