राजनीति

कमल थापाको टिप्पणीः सर्वोच्च अदालतमा आज गोरु ब्यायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी दिएका छन्। सामाजिक सन्जाल ट्वीटरमार्फत अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन्। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, 'बरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- "सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।'

प्रकाशित: २८ असार २०७८ ०८:४४ सोमबार

सर्वोच्च अदालत