राजनीति

राप्रपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

प्रेसर लो भएका कारण स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष श्रेष्ठलाई सोमबार अस्पताल भर्ना गरिएको हो।

अकस्मात अस्वस्थ बनेपछि जिल्ला अस्पताल दिक्तेल भर्ना भएका श्रेष्ठलाई अस्पतालले रेफर गरेपछि हेलीकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ।  

श्रेष्ठको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको राप्रपाले जनाएको छ। श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ।  

प्रकाशित: ३ जेष्ठ २०७८ १४:०० सोमबार

राप्रपा शहीद गंगालाल हृदयरोग केन्द्र