राजनीति

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ। उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:२७ शनिबार

नेपाली कांग्रेस विजयकुमार गच्छदार