राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पछि बस्दै छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।  

बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने स्रोतले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०७:३१ मंगलबार

नेकपा माओवादी केन्द्र बैठक बस्दै