राजनीति

हुन नसकेको निर्वाचनका लागि पाँच लाख खर्च

हुन नसकेको चुनावका तयारीमा निर्वाचन कार्यालय बैतडीले करिब ५ लाख रुपैयाँ खर्च गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि निर्वाचन कार्यालयले तयारी थालेको थियो । आयोगले विभिन्न शीर्षकमा ५ लाख १५ हजार रुपैयाँ जिल्ला निर्वाचन कार्यालय बैतडीलाई पठाएको थियो । उक्त रकममध्ये ५ लाख १० हजार ५ सय ७० रुपैयाँ खर्च भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए ।

सरकारले निर्वाचन घोषणा गरेपछि तयारीस्वरूप उक्त रकम खर्च भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका लेखापाल भानदेव जोशीले बताए ।  

कार्यालयका कर्मचारीको प्रोत्साहन भत्ता र गाडी मर्मतमा मात्रै ५ लाख रुपैयाँ बढी खर्च गरिएको जोशीले जानकारी दिए । सरकारले चुनाव घोषणा गरेपछि मतदाता नामावली अध्यावधिक, मतदान केन्द्रहरूको अवलोकन गर्ने काम, आचारसंहितालगायतको आन्तरिक तयारी, कार्यालयको तयारी, उपकरण मर्मत सम्भारलगायत काम गरेको थियो ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App